घरमा आगलागी हुँदा ३० लाखको क्षति, वृद्धा घाइते

घरमा आगलागी हुँदा ३० लाखको क्षति, वृद्धा घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको केराबारी गाउँपालिका–१ डाँडा गाउँस्थित एउटा घरमा शनिबार साँझ आगलागी भएको छ। 

आगलागीमा परेर एक जना वृद्धा महिला घाइते भएकी छन्। शेरबहादुर लिम्बूको काठ प्रयोग गरेर बनाइएको र कर्कट पाताको छानो भएको २ तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। 

आगो नियन्त्रणमा लिने क्रममा जलेर एक जना वृद्धा घाइते भएको उनले बताए। आगोले जलेर शेरबहादुरकी पत्नी ७९ वर्षीया सन्तमाया लिम्बू घाइते भएको जानकारी दाहालले दिए। हात, खुट्टा, अनुहारलगायत शरीरका विभिन्न भाग जलेर घाइते भएकी सन्तमायाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घरमा शेरबहादुर र पत्नी सन्तमाया मात्रै बस्दै आएको खुलेको छ। 

आगोले घरसहित भान्सा घर, शौचालय, ८ तोला सुन, १० तोल चाँदी, ७ लाख रूपैयाँ नगद, लत्ताकपडा, काठ, अन्नपात सबै जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ। आगलागीमा ३० लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि, प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ। 

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको वरिष्ठ सइ (प्रहरी वरिष्ठ नायव निरीक्षक) केदार सापकोटा नेतृत्वको टोली र स्थानीय बासिन्दाको सहयोगमा साँझ ७ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.