कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उठाउने

कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उठाउने
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उठाउने भएको छ। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाज्यूको अध्यक्षतामा आइतबार  बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।

बैठकले कांग्रेसका उम्मेदवार शर्माको पक्षमा मतदान गर्न राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दल तथा माननीय सदस्यहरुसँग समेत अनुरोध गर्ने निर्णय गरेको छ। 

बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। माओवादीसँगको गठबन्धनमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएको थियो।  माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग गठबन्धन गरेपछि अध्यक्ष बन्ने भनेर राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका सिटौलालाई कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेको छ। गठबन्धन परिवर्तन भएपश्चात शर्मालाई कांग्रेसले उम्मेदवार बनाएको हो।

एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच भएको आठ बुँदे सहमतिको दोस्रो बुँदामा भागबण्डाको विषय टुंगो लगाएको हो। आज साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको छ। उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन्। 

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.