घर र गोठमा लागेको आगो निभाउने क्रममा बालक घाइते

घर र गोठमा लागेको आगो निभाउने क्रममा बालक घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारी नगरपालिका–४ स्थित एउटा घर र गोठमा सोमबार दिउँसो आगलागी भएको छ। प्रहरीका अनुसार गोपाल थापाको कर्कट पाताको छानो भएको १ तले गोठबाट आगलागी सुरु भएको थियो। गोठबाट सल्किएको आगोले थापाको घरको आधा पाटो पनि जलेर क्षति पुगेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार दिउँसो १२ बजेतिर गोठमा अचानक आगलागी सुरु भएको थियो। 

आगोले गोठनजिकै रहेको घरमा पनि क्षति पुर्‍याएको हो। आगोले गोठ तथा घरको आधा पाटोसहित अन्नपात, लत्ताकपडा जल्दा ३ लाख बराबरको क्षति भएको एसपी कार्कीले बताए। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

आगो निभाउने क्रममा एक जना बालक घाइते भएका छन्। आगोले जलेर १४ वर्षीय निमेष थापा घाइते भएको प्रहरीले जनाएको छ। उनी घरधनी गोपालका नाति हुन्। हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेका निमेषलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। 

आगोले जलेर गोठभित्र रहेको एउटा राँगोसमेत घाइते भएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा दिउँसो १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.