भोटेकोशी नदीमा कायाकिङ प्रतियोगिता सुरु

भोटेकोशी नदीमा कायाकिङ प्रतियोगिता सुरु
सुन्नुहोस्

सिन्धुपाल्चोक : साहसिक जलपर्यटनको रुपमा परिचित सिन्धुपाल्चोकको भोटेकोशी नदीमा कायाकिङ प्रतियोगिता सुरु गरिएको छ।

भोटेकोशी एडभेन्चर क्लबको आयोजनामा मंगलबारबाट दोस्रो भोटेकोशी कायाकिङ प्रतियोगिता सुरु भएको हो। ३२ जना प्रतियोगी सहभागी रहेको प्रतियोगितामा ३ जना महिला सहभागी रहेको क्लबका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए। स्प्रिन्ट, हेड टु हेड, स्लालम र डाउन रिभर रेष्ट गरि चार विधामा हुने प्रतियोगितामा सिन्धुपाल्चोक, नुवाकोट र धादिङका रिवर गाईडहरुको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन गर्दै बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले पर्यटन व्यवसायको प्रवर्द्धन गर्न गाउँपालिका लागि पर्ने बताए। सुनकोशी र ब्रह्मायणी नदी किनारलाई पर्यटनको हब निर्माणको लागि विस्तृत प्याकेजको व्यवस्था गरिने उनको भनाइ थियो।

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले यस खालका प्रतियोगिताले नदी पर्यटनको प्रवर्द्धन हुनुका साथै सीपमा निखरता आउने बताए। उद्घाटन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिका-९ का वडाध्यक्ष बिमल श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतकाले जल पर्यटनको प्रचुर सम्भावना रहेको भोटेकोशीलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। प्रतियोगिता बुधबार सम्पन्न हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.