भक्तपुरमा नवदूर्गा नाच (फोटो फिचर)
भक्तपुर : दसैंको दशमीदेखि सुरू भएको भक्तपुरको शताब्दी पुरानो नवदूर्गा नाच अझै जारी छ। यो नाच मल्लकालमा भक्तपुरमा राजोपाध्याय वंशको बसोबासदेखि सूरू भएको मानिन्छ।
नवदूर्गा नाच जीवन चक्रमा आधारित छ। यो नाचले नेवार समाजमा उत्सवहरूको महत्त्व पनि स्पष्ट गर्ने संस्कृतिविद्हरू बताउँछन्। नवदूर्गा नाचमा १२ मुखौटा लगाएका देवतासहित १३ कलाकारले नवदूर्गा नृत्य प्रस्तुत गर्छन्।
यो नाच भक्तपुरका दत्तात्रय, क्वाथण्डौ, गच्छे, दाछुटोल, नागपोखरी, इनाचो, गोलमढी, याछे लगायत अन्य क्षेत्रमा गरिन्छ। सो नाच भक्तपुरमा मात्र नभई बनेपा, नाला, पनैती, धुलिखेल, ठिमीलगायत क्षेत्रमा पनि नाचिन्छ।