अवैध रुपमा ओसारपसार गर्दै गरेको ३८ गोरु नियन्त्रणमा

अवैध रुपमा ओसारपसार गर्दै गरेको ३८ गोरु नियन्त्रणमा
सुन्नुहोस्

बुटवल : अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले ३८ वटा गोरु नियन्त्रणमा लिएको छ। मंगलबार सैनामैना नगरपालिका-१ स्थित रानीबगियाबाट १९ वटा र सोही नगरपालिकाको वडा नम्बर ५ बुद्धनगरबाट १९ गरी ३८ वटा गोरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए। 

‘चेकजाँचको क्रममा विना कागजात अवैध रुपमा ओसारपसार गरेको भेटियो’,राठौरले भने,‘नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाएका छौँ।’ नियन्त्रणमा लिइएका गोरुहरु देवदहको गौशालामा राखिएको छ। दुई वटा ट्रकमा पूर्वी नेपालतिर गोरु लैजाँदै गरेको अवस्थामा प्रहरीले चालकसहित नियन्त्रणमा लिएको हो। 

सितगंगा नगरपालिका–५ अर्घाखाँचीका २८ वर्षीय मान बहादुर बेलबासे चलाएको ना ६ ख २३८४ नम्बरको ट्रक र गल्छी नगरपालिका–६ धादिङका २९ वर्षीय विनय लामाले चलाएको ना ६ ख २६४५ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.