सिन्धुलीमा नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

सिन्धुलीमा नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
फाइल तस्बिर।

सिन्धुली : सिन्धुलीमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट भएको छ। सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट गराइएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बम विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको छ । उक्त स्थानमा शुक्रबार बिहान बम विस्फोट भएको सिन्धुलीका प्रहरी नयव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालले जानकारी दिए । 

‘बिहान करिव ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले गरेको खबरका आधार घटना स्थल पुगेको प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गरेको छ,’ उनले भने ।

विस्फोट कसले गराएको भन्ने पुष्टि नभए पनि घटना स्थलमा पिपुल विब्रेसन आर्मी लेखेको जनमुक्ती सेना लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । विस्फोट स्थलमा दुईवटा प्रेटोलको बोटलसमेत फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्नको खोजिकार्य सुरु गरिएको प्रहरीले जनायो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.