पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणाले देशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। आइतबार पोखराको बाराहीघाटमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अभियानले पोखरा मात्रै नभएर सिंगो गण्डकी प्रदेश र देशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताएका हुन्।
प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग,समन्वय तथा सहकार्य गर्ने उल्लेख छ।
पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री दाहालले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे।