फरार प्रतिवादी पक्राउ
गुलरिया : बर्दिया जिल्ला अदालतको गत बैशाख ६ गतेको फैसला आदेशले ७ महिना ८ दिन कैद सजाय र २ सय रुपैयाँ पीडित राहतकोषमा जम्मा हुनेगरी जरिवाना तोकिएका लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बर्दियाको मधुवन नगरपालिका निवासी ललित बहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मातहत ईप्रका सानोश्री बर्दियाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक बालबहादुर थापाको कमाण्डमा खटिएको बिशेष टोलीले सूचनाको आधारमा घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए। जिप्रकामा दाखिला भएका गुरुङलाई बर्दिया जिल्ला अदालतमा बुझाईएको उनले जानकारी दिए।