धनगढीका मेयर हमाललाई ज्यान मार्ने धम्की दिने युवकले कार्यालय परिसरमै गरे विष सेवन

धनगढीका मेयर हमाललाई ज्यान मार्ने धम्की दिने युवकले कार्यालय परिसरमै गरे विष सेवन
सुन्नुहोस्

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की दिने भनिएका युवकले उपमहानगरपालिका परिसरभित्रै विष सेवन गरेका छन्। मंगलबार बिहान उपमहानगरपालिका कार्यालय आएका उनले परिसरभित्रै विष सेवन गरिरहेको अवस्थामा देखेपछि अस्पताल पुर्‍याइएको सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी घर भएका गणेश रानाले उपमहानगरपालिकाको परिसरमा विहान ११ बजेतिर विष सेवन गरेका हुन्। उनलाई सेती प्रादेशिक अस्पतालको आइसीयुमा उपचारका लागि भर्ना गरिएको छ।
 

धनगढी उपमहानगरका मेयर हमालले सोमबार आफ्नो ह्वाट्एप नम्बरमा फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएका थिए। जिल्ला प्रशासन कार्यालयले मेयर हमालको निवेदन जिल्ला प्रहरीलाई पठाएर मेयरको सुरक्षामा खटिन र धम्की दिनेलाई पक्राउ गर्न निर्देशन दिएको थियो।

सोमबा देखि नै कैलाली प्रहरी रानाको खोजीमा सादा पोशाकका प्रहरी लगाएर खोजबिनमा लागेको प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए। सोमबार रानालाई फोन गरेर बोलाएको प्रहरीले, उनले मंगलबार आफैं आउने बताएका थिए। 

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका गणेशका बुबा रामदयाल रानाले भने छोरालाई नगरप्रहरीले घरमै पुगेर पक्राउ गरेर ल्याएको दाबी गरेका छन्। तर, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विष्टले भने नगरपालिकाको सीसी क्यामेरा हेर्दा राना विहान सेवाग्राहीहरूसँगै भित्र पसेका र गेटभित्र पस्नेवित्तिकै किटनाषक औषधि खाएको भिडियो देखिएको बताए।

सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर तर स्थिर रहेका बताए। ‘विषादी सेवन गरेका केस जटिल नै हुन्छन्। उहाँको अवस्था पनि गम्भीर छ,’ कमरले भने। ‘आइसीयुमा राखेर उपचार भइरहेको छ। अहिले केही भन्न सकिने अवस्था छैन।’ 

धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले पनि रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.