मौका मिले राज्य प्रणाली र संविधान नै परिवर्तन गर्छौं : राजेन्द्र लिङ्देन

मौका मिले राज्य प्रणाली र संविधान नै परिवर्तन गर्छौं : राजेन्द्र लिङ्देन
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू । तस्बिर : मनोहर पोखरेल
सुन्नुहोस्

राजविराज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मान्यताहरू उल्लेख नभएको संविधान नमान्ने बताएका छन् । आगामी चैत २७ गते राजधानी केन्द्रित प्रदर्शन र आन्दोलनको तयारीस्वरूप मधेश भ्रमणका क्रममा रहेका अध्यक्ष लिङ्देनले शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

‘संविधानमा हाम्रा मान्यताहरू उल्लेख नभएकाले मान्दैनौं, स्वीकार्दैनौं,'अध्यक्ष लिङ्देनले भने,‘मौका मिलेको अवस्थामा राज्य प्रणाली र संविधान नै परिवर्तन गछौं ।’ देशले पुनः विद्रोहको बाटो व्यहोर्नु नसक्ने भएकाले मात्र संविधानसँग सहकार्य गरी आफ्नो मान्यता स्थापित गर्न लागिरहेको उनले बताए ।

संघीयतालाई संस्थागत गर्न अग्रणी योगदान गरेको मधेसले गणतन्त्रबाट उपलब्धि नपाएको बरु संघीयताका कारण प्रताडित बनेको उनको टिप्पणी थियो । हिन्दुत्वको भावना बलियो रहेको मधेशले धर्मनिरपेक्षता घोषणाका कारण हिन्दुत्वमा संकट पैदा भएको बुझ्न थालेको र मियोका रूपमा राजतन्त्रको आवश्यक्ता महशुस गरेको उनले बताए । मिटरव्याज, सहकारी, लघुबित्त, बैंक र बित्तिय संस्थाबाट मधेश पीडित रहेको र भ्रष्टाचार, बेरोजगारी बढेको उनको विश्लेषण थियो ।

गठबन्धनलाई स्वार्थको गठजोड बताएका लिङ्देनले सत्तालाई स्वार्थअनुकूल रक्षकवचका रूपमा प्रयोग गर्ने प्रधानमन्त्री नै अस्थिरतातर्फ गएपछि राप्रपा सत्तामा सामेल नभएको बताए । उनले सरकार प्राथमिकताको विषय नरहेको तर प्रदेश सरकार गठनमा गणितिय हिसाबले राप्रपाको अनिवार्यता देखिए छलफल गर्न सकिने बताए । त्यस्का लागि कतैबाट औपचारिक प्रस्ताव भने नआएको उनले बताए ।

सहकारी ठगी मामिलामा नाम जोडेर गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भइरहेको सन्दर्भमा उनले भने,'जिम्मेवारीमा बसेकामाथि लिखित वा अलिखित प्रश्न उठेपछि जवाफ दिनुपर्छ र सफाइ पेश गर्नुपर्छ ।”
राजनीति र राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा बढेको भन्दै छवि सुधार गर्ने जिम्मा पनि राजनीतिक दलहरूकै भएको उनले बताए । आफूहरूले राष्ट्रियता, सुशासन, विकास र सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्न चाहेको भन्दै उनले थपे ,'मौका पाएमा भ्रष्टाचारीमाथि डोजर चलाउने छौं ।'

'मधेस सुन्ने र आफ्नो कुरा भन्ने' अभियानका साथ चैत ५ गतेदेखि लिङ्देन र बरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रको टोली विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रमका साथ मधेसका जिल्ला भ्रमणमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.