अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि रामपुरलाई

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि रामपुरलाई
सुन्नुहोस्

तानसेन  : अन्तरपालिका स्तरीय चौथो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ। पालिकाको खेलमैदान कटौजे पानीमा भएको फाइनल खेलमा रम्भा गाउँपालिकालाई ३-२ सेटले पछि पार्दै रामपुर विजयी भएको हो। 

प्रथम भएको रामपुर नगरपालिकाले ७५ हजार, दोस्रो भएको रम्भा गाउँपालिकाले ४५ हजार र तेस्रो हुने पूर्वखोला गाउँपालिकाले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएका छन्। 

प्रतियोगितामा सान्त्वना भएको रैनादेवी छहरा गाउँपालिकाले १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाएको रैनादेवी छहरा युवा तथा खेलकुद समितिका सदस्य सचिव जीवन रानाले बताए। 

प्रतियोगितामा खेल अवधिभर उत्कृष्ट स्पाइकर रम्भा गाउँपालिकाका यम आले, उत्कृष्ट सेटर रामपुर नगरपालिकाका अमृत गाहा, उत्कृष्ट डिफेन्डर रम्भा गाउँपालिकाका तुल्सा बाकाबल, उत्कृष्ट ब्लकर रामपुर नगरपालिकाका  दिपेन्द्र आले, उत्कृष्ट खेलाडी रामपुर नगरपालिकाकै सन्दीप थापा  र उत्कृष्ट कोचमा रम्भाका चिरन फाल भएका रैनादेवी छहरा खेलकुद विकास समितिका अध्यक्ष नारायण कार्कीले बताए। 

विजयी तथा उपविजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सेना, प्रवक्ता देवेन्द्र पुन लगायतले  पुरस्कार वितरण गरेका थिए।  

पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेशसभाका सभामुख घर्ती मगरले  पाल्पामा भलिबलको क्रेज बढ्दै गएको अवस्थामा रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका स्तरीय प्रतियोगिता गरी खेलाडीहरूमा निखारता ल्याउने र भोलिका दिनमा खेलाडीहरूलाई क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आत्मबल बढेको बताए। 

विगतका वर्षहरूमा गाउँपालिकाले आफ्नै पालिकाभित्र मात्र सीमित गरेको अध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्षदेखि खेलाडीहरूलाई प्रतिस्पर्धाको भावना बढाउन, नयाँ नयाँ खेलाडीहरू उत्पादन गर्न अन्तरपालिका स्तरीय बनाएको गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताए। गाउँपालिकाले कटौजेपानीलाई पालिकास्तरीय रंगाशालाको विकास गर्दै आएको छ। प्रतियोगितामा पाल्पाका १० वटै पालिकाको सहभागिता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.