राजमार्गमा माछा फालेर प्रदर्शन

राजमार्गमा माछा फालेर प्रदर्शन
सुन्नुहोस्

मलंगवा : सर्लाहीका माछापालक किसानहरूले शुक्रबार फूलजोर चोकस्थित पूर्व पश्चिम राजमार्गमा माछा फालेर प्रदर्शन गरेका छन्। बढाइएको विद्युत् महसुल फिर्ता गरी पहिलेकै महसुल कायम गर्न माग राख्दै माछापालक किसानहरू प्रदर्शनमा उत्रेका हुन्।

माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले फूलजोर चोकमा भेला भएर प्रदर्शन गरेका हुन्। उनीहरूले सडकमै माछा फालेर नाराबाजी गर्न थालेपछि केहीबेर चक्काजाम समेत भएको थियो। 

अहिले बढाएको विद्युत महसुल अनुसार किसानलाई माछापालन गर्न कठिनाइ भएको ईश्वरपुर नगरपालिका-३ का रामनारायण सहनीले बताएका छन्। किसानलाई मार्ने गरी विद्युत महसुल बढाइएको छ। साबिककै महसुल कायम गरिएन भने पेशाबाट विस्थापित हुनु पर्ने अवस्था आउने सहनीले बताए। 

माछापालनका लागि पोखरीमा मोटर चलाउँदा प्रति युनिट तीन रुपैयाँ विद्युत् महसुल तिर्दै आइरहेकामा विगत चार /पाँच महिनादेखि महसुल बढाएर प्रति युनिट १२ रुपैयाँ पुर्‍याइएको छ। माछापालन किसानसँगै प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले आफ्नै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत् महसुल वृद्धि गरेर अन्याय गरिएको बताएका छन्। 

लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिँचाइ मिटरको प्रयोग गर्न नपाइने बताएका छन्। 'विद्युत् महसुल संकलन विनियमावली २०७८ बमोजिम माछापालनका लागि सिँचाई मिटरको प्रयोग गर्न पाइँदैन। माछापालन व्यवसायका लागि बेग्लै मिटर दिने व्यवस्था पनि छैन। त्यसैले हामीले अहिले माछापालक किसानलाई घरेलु कार्यालयबाट कागजात लिएर आएपछि ग्राहस्थ मिटर दिइरहेका छौँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.