नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारमा जाने संकेत

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारमा जाने संकेत
सुन्नुहोस्

धनगढी : नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने संकेत देखाएको छ। शनिबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सरकारमा जाने संकेत गरेका हुन्।

‘प्रधानमन्त्री ज्युले एक मन्त्रालयसहित सरकारमा आउनका लागि आग्रह गर्नुभयो। नयाँ गठबन्धनलाई हामीले विश्वासको मत पनि दिएका छौं, विश्वासको मत दिनुभनेको सरकारमा जानकै लागि हो। हाम्रो पार्टी सरकारमा जान सकारात्मक छ’, उन्मुक्तिका एकजना नेताले भने।

उनले, लुम्बिनी र सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई सहयोग गर्ने बताए। छलफलमा नागरिक उन्मुक्तिका संस्थापक नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए। फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए। ‘नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको छ’, मेयर डंगौराले भने। 

सुदूरपश्चिमका लागि भने नागरिक उन्मुक्तिका बहुमत प्रदेश सभा सदस्यहरुले कमल बहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरिसकेका छन्। एकजना नेता भन्छन्, ‘त्यो निर्णय परिवर्तन हुन सक्छ, संघ सरकारमा जानका लागि त्यो निर्णय दबाब दिने उद्देश्यले गरिएको हुनसक्छ।’

सुदूरपश्चिमका मुख्यमन्त्री शाह अहिले अल्पमतमा छन्। उनले चैतको २३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ। उनीसँग आफ्नो पार्टी (नेपाली काँग्रेस) का १८ र उन्मुक्तिका ७ जना र स्वतन्त्र १  जना गरी २६ जनाको मात्रै समर्थन छ। बहुमतका लागि उनलाई १ जना प्रदेश सभा सदस्यको कमी भएको छ। 

नागरिक उन्मुक्ति पार्टी भित्र देखिएको विवादका कारण पनि मुख्यमन्त्री शाह, उसका पूरै ७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिनेमा ढुक्क छैनन्। नागरिक उन्मुक्तिबाट भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनाएका कैलाश चौधरीलाई हटाएर उनको ठाउँमा ईन्द्रा गिरिलाई राज्यमन्त्री बनाएपछि उनी रुष्ट छन्। 

यद्यपी सरकार टिकाउनका लागि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका ५ जनालाई मन्त्री बनाएका छन्। २ जना बिना विभागीय लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी पनि विभाग नतोकेको भन्दै रुष्ट भएका छन्। पुरानो गठबन्धनका बेला स्वतन्त्र सांसद डाक्टर ताराप्रसाद जोशीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि अहिले उनले पनि सरकारमा बहुमत ल्याउन सक्ने पक्षलाई मत हाल्ने मुड बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.