पानी दिवसमा मुहान सरसफाइ

पानी दिवसमा मुहान सरसफाइ
सुन्नुहोस्

दाङ : दाङमा पानी दिवसका अवसरमा उपभोक्ताहरूले खानेपानीको मुहान सरसफाइ गरेरका छन्। पानीको मुहान संरक्षित र सफा नहुँदासम्म पानीको सहज व्यवस्थापन नहुने भन्दै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था दाङले पानी दिवसमा मुहान सरसफाइ गरेको हो। 

संस्थाका अधिकांश मुहानहरू यस अवसरमा सरसफाइ गरिएको छ। उपभोक्तालाई मूलदेखि–मुखसम्म शुद्धपानी दिने उद्देश्यले संस्थाले अभियान नै थालेको कोषाध्यक्ष भोला थापाले बताए। उपभोक्ताहरूको समेत सहभागितामा मुहान सरसफाइ गरिएको छ, कोषाध्यक्ष थापाले भने, ‘मुहानको संरक्षणको सन्देश दिन यसपटक मुहानमै पुगेर अन्तक्र्रिया पनि गरेका छौं।’ 

३२औं पानी दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं ३ र सल्यान जिल्लाको कुपुरकोट गाउँपालिको सीमानामा पर्ने धैरेनीमुल सरसफाइ गरिएको हो। 

भने बाख्रे मुहानमा सरसफाइ तथा अन्तरक्रिया गरिएको छ। 

मुहान संरक्षणका लागि प्रत्येक वर्ष मुहानमै पुगेर पानी दिवस मनाउने गरिएको संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताए। सधैं झै यो वर्ष पनि त्यो कार्यलाई निरन्तता दियौं, अध्यक्ष भण्डारीले भने, ‘मुहानको अबस्था बुझ्न र त्यसलाई संरक्षण गर्नका लागि पनि यो आवश्यक भएको छ।’ 

पछिल्लो समय पानीका मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार भइरहेको अवस्थामा मुहान संरक्षण महत्पवूर्ण भएको स्थानीय उपभोक्ता बंशीकुमार शर्माले बताए। 

‘पानीका मुहान संरक्षण गर्नु हामी सबैको दायित्व हो, पछिल्लो समय यता तिर ध्याम कम भएको छ’, शर्माले भने, ‘मुहान संरक्षणलाई विशेष ध्यान दिनुपर्छ।, पानी जोगाउनु पर्छ।’ 

कार्यक्रममा सहभागीहरूले पानी जीवन भएकाले यसको सुरक्षा र संरक्षण गर्नु पर्ने बताएका थिए। उनीहरूले पानी संरक्षणमा चासो कम भएको भन्दै चिन्ता समेत व्यक्त गरे। स्थानीय जनकप्रसाद खरालले पानीको सतह खटिएको र मुहानहरू सुक्दै गइरहेको अवस्थामा संरक्षण पहिलो प्राथामिकता हुनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.