दाङमा बसको ठक्करबाट दुईजनाको मृत्युपछि हुलाकी राजमार्ग ठप्प

दाङमा बसको ठक्करबाट दुईजनाको मृत्युपछि हुलाकी राजमार्ग ठप्प
सुन्नुहोस्

काठमाडौं : दाङको  राजपुरमा बसको ठक्कर बाट दुईजनाको मृत्यु भएपछि हुलाकी राजमार्ग ठप्प पारिएको छ । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै  जँग्रहवा -जहरे,जँग्रहवा गढवा, जँग्रहवा-गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन् ।

null

शनिबार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरको बसले राजपुर-५, नौंसहरामा पश्चिमदेखि पूर्वतर्फ आइरहेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरू मोटरसाइकल सवार राजपुर-५,नौंसहरा निवासी अन्दाजी २४ वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी प्रदिप यादव रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बताए । प्रमोदको घटनास्थलमै र प्रदिपको उपचारका क्रममा मृत्यु भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.