म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार

म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार
सुन्नुहोस्

बेनी : गण्डकी प्रदेश सरकारले म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणको काम थालेको छ। प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

कार्यालयका प्रमुख पोषानाथ शर्माले पर्यटकीय स्थलमा पदमार्ग, रेलिङ, आश्रयस्थल लगायतका पूर्वाधार निर्माणका लागि छनौट भएका योजना कार्यान्वयनलाई तीब्रता दिएको जानकारी दिए। ‘६ वटा पदमार्ग निर्माण गर्ने योजना सम्पन्न भइसकेको छ, ११ वटा योजना निर्माणाधीन छन्,’ उनले भने ‘एक वटा योजनाको उपभोक्ता समितिलाई सम्झौताका लागि बोलाएका छौं।’

पर्यटकीय पूर्वाधारबाट स्थानीयबासीका साथै पर्यटकहरूलाई सहज भएको अन्नपूर्ण गाउँपालिका–८ महभिरका देउ बहादुर पुर्जा पुनले बताए। प्रदेश सरकारको १० लाख रुपैयाँ बजेटबाट महरिभदेखि करबाकेली जोड्ने पदमार्ग निर्माणाधीन छ। ‘पर्वतको बासखर्कदेखि महभिर हुँदै करबाकेली जाने भक्तजन तथा पर्यटकलाई झाडी पन्छाएर हिड्नुपर्ने समस्या थियो,’ उनले भने ‘व्यवस्थित पदमार्ग बनेपछि सुरक्षित र सहज रुपमा यात्रा गर्न पाएका छौं। गाउँभित्रको बाटोलाई पनि ढुंगा बिछ्याएर चिटिक्क पार्न लागेका छौं।’ 

चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन भएको सो योजना मार्फत १.५ मिटर फराकिलो ७५० मिटर पदमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म ४५० मिटर निर्माण सकिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका इञ्जिनियर सुमन बोगटीले बताए। थप ३०० मिटर पदमार्ग निर्माण गर्न बाँकी छ। 

कार्यालयका अनुसार १०/१० लाख रुपैयाँ बजेट विनियोजन भएको धवलागिरि गाउँपालिका–७ को ताकमकोट पदमार्ग, बेनी नगरपालिका–९ को गलेश्वर–काउलेगौडा–नेप्टेचौर– ढोलथान– दरवार र पाँच लाख बजेट विनियोजन भएको मालिका–६ को बलौटे दुखूबेसी पदमार्ग योजना निर्माण सकिएको हो।

यसैगरी ८/८ लाख रुपैयाँ बजेट विनियोजन भएको बेनी नगरपालिकाको डल्ले पीपलदेखि फोहोटे–रिठाबोट र रघुगंगा गाउँपालिका–२ को अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारीसम्म पदमार्ग निर्माण योजना सकिएको छ। 

२० लाख रुपैयाँ बजेट विनियोजन भएको अन्नपूर्ण–५ को खोपारालेक पर्यटन पूर्वाधार, १०/१० लाख बजेट विनियोजित मालिका गाउँपालिका–५ को पन्थोकदेखि मालिका जोड्ने पदमार्ग, मंगला गाउँपालिका–३ को चिनाकोट पर्यटकीय पूर्वाधार, रघुगंगा गाउँपालिका–४ को दर्मिजादेखि नागिदेवी जोड्ने पदमार्ग, बेनी नगरपालिका–५ को ढोल्थान पदमार्ग निर्माण योजना निर्माणाधीन अवस्थामा छन्।

पाच/पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको बेनी नगरपालिका–१ को परम वैदिक धार्मिक सनातन आश्रम र धवलागिरी गाउँपालिका–५ र ६ को भाल श्री छापाछाङ औसी खालीखोला पदमार्गको उपभोक्ता समितिसँग सम्झौता भएको छ। १०/१० लाख रुपैयाँ बजेट रहेको बेनी नगरपालिका–२ को ज्यामरुककोट मन्दिर संरक्षण, मालिका गाउँपालिका–३ को लामखोरीया डाडागाउँ पदमार्ग योजना निर्माणाधीन छन्। 

पाँच/पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको मंगला गाउँपालिका–५ को शिलखुङ–चाङ, बेनी नगरपालिका–१ को सारेमारे–भुवाने पदमार्ग योजनाको सम्झौता भइसकेको छ। पाँच लाख रुपैयाँ बजेट भएको रघुगंगा गाउँपालिका–७ को कालिबराह मन्दिर तथा कुण्ड संरक्षण योजनाको उपभोक्ता समितिसँग सम्झौता गर्न बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.