‘महामुर्ख’ बने सभामुख मण्डल

‘महामुर्ख’ बने सभामुख मण्डल
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरधाममा एउटा यस्तो महोत्सव हुन्छ, जहाँ महामुर्ख बन्न तछाड मछाड हुन्छ। जो सबैंका सामुन्ने बिना कुनै संकोच ‘म महामुर्ख हुँ’ भनेर भन्न र स्विकार्न सक्छन्, उनै व्यक्ति उपाधि विजेता हुन्छन्। जनकपुरधाममा हुने एउटा सम्मेलन, जहाँ सबैभन्दा ठूलो मुर्ख अर्थात महामुर्खको उपाधि लिन तँछाड–मछाड हुन्छ।

त्यो महामुर्खको उपाधि लिन सामान्य व्यक्ति मात्र नभई समाजमा ‘विद्वान्’ कहलिएका राजनीतिज्ञ, बुद्धिजीवी, लेखक, साहित्यकार, कलाकार, पत्रकार नेताहरूबीच प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा उत्रनेमध्ये एकजनाले ‘महामुर्ख’को उपाधि पाउँछन्। अन्य प्रतिस्पर्धीहरूले विभिन्न शीर्षकमा ‘मुर्ख’ को उपाधि पाउँछन्। 

यसैबीच महामुर्ख सम्मेलन २०८० मा मधेस प्रदेशका सभामुख  ‘महामुर्ख’ भएका छन्। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष आयोजना गर्ने व्यङग्यात्मक संस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलनमा सभामुख रामचन्द्र मण्डलसहित १३ जनालाई अन्य उपाधि प्रदान गरिएको छ। मैथिली तथा भोजपुरी भाषा साहित्यमा रुचि राख्ने सभामुख मण्डललाई यस वर्षको महामुर्खको उपाधिबाट सम्मान गरिएको छ।

मधेसका अर्थ मन्त्रालयका सचिव शिवाचन्द्र शिवाकोटिलाई पटमुर्खको उपाधि र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ। सदाबहार मुर्खको उपाधि प्रधानाध्यापक महावीर दास, वैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थायी मुर्ख, ग्रामीण परवाहास्थित युवा नाट्य परिषद्लाई र्निविकल्प मुर्ख र महोत्तरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.