आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल : १० ओभरमा ३ विकेट गुमाउँदै ७९ रन बनायो
काठमाडौं : आयरल्यान्ड ‘ए’विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० ओभरमा ३ विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ७९ रन बनाएको हो।
ओपनर आशिफ शेख २.५ ओभर र कुशल भुर्तेल ४.३ ओभरमा आउट भए। भुर्तेलले १६ बलमा २ छक्का र २ चौकासहित २५ रन, शेखले १ छक्का र १ चौकासहित ११ रनको योगदान गरे।
त्यसैगरी अनिल शाहले ११ बलमा २ चौकासहित १२ रन बनाएर पेभेलियनमा फर्किए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलशान झा छन्।
सोमबार भएको खेलमा ६ विकेटले नेपाल विजयी भएको थियो। आयरल्यान्डले दिएको १२२ रनको मध्यम लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो।
आयरल्यान्डसँगको शृंखलापछि नेपालले बरोडा र गुजरात क्रिकेट संघको टोलीसँग मार्च ३१ देखि अप्रिल ७ सम्म एसएमएस फ्रेन्डसिप कपमा प्रतिस्पर्धा गर्नेछ। आज विवेक यादव र शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा बसेका छन्।