गठबन्धनलाई आधार मानेर पार्टी एक हुने हल्ला चलेका छन्, तर एमाले त्यो पक्षमा छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

गठबन्धनलाई आधार मानेर पार्टी एक हुने हल्ला चलेका छन्, तर एमाले त्यो पक्षमा छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
सुन्नुहोस्

उदयपुर : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्काल वामपन्थी पार्टी एक हुने अवस्था नरहेको बताएका छन्। नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै पोखरेलले अहिलेको अवस्थामा पार्टी एक बनाउने पक्षमा एमाले नरहेको स्पष्ट पारेका हुन्। 

‘अहिलेको गठबन्धनलाई आधार मानेर केहिले पार्टी एक हुन्छ भन्ने हल्ला गरेका छन्, त्यस विषयमा एमालेको कुनै सोच छैन, नयाँ गठबन्धन मुलुकको हितका लागि मात्र हो त्यति बुझ्नुस्।’ उनले भने, ‘व्यक्तिगत हिसाबले एकल मान्छेहरु पार्टीमा आउन सक्छन्, तर यसको मतलब पार्टी नै एक हुने हो भन्ने हैन।’ 

उनले यो गठबन्धन मुलुकको समृद्धि र हितमा रहेको बताए। ‘समाजवादी मोर्चा र वाम गठबन्धन अहिले आवश्यकता र त्यसको अर्थ पनि छैन।’ पोखरेलले भने, ‘यो गठबन्धन मुलुकको समृद्धि र हितमा हो। विगतको गठबन्धन एमालेलाई जसरी पनि सिध्याउने षडयन्त्रपूर्ण ढङ्गबाट बढेकाले नयाँ गठबन्धनको परिकल्पना गरेको हो, यो गठबन्धन राष्ट्रिय हित, स्वाभिमान, समृद्धिका लागि हो।’

नयाँ गठबन्धनले मुलुकमा नयाँ खालको राजनैतिक समीकरण प्रारम्भ भएको बताए। उनले अहिलेको सत्ता गठबन्धनलाई देश बनाउने सपनाहरुलाई साकार पार्न महत्वपूर्ण कामको थालनी भएको र यसलाई जोगाएर अगाडि बढ्नु सत्ता साझेदार दलहरुको आवश्यकता रहेको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास र समृद्धिको अभियान बीचैमा अलपत्र भएर लथालिङ्ग भएको अवस्थामा अहिलेको सरकार निर्माण गरिएकोले अब देशले राजनैतिक निकास पाउने र विकासले फड्को मार्ने दाबी गरे। 

उनले यहि गठबन्धनबाट एमालेले मिसन २०८४ को लक्ष्य हासिल गर्ने बताए। उनले नयाँ समिकरणसँगै सात वटै प्रदेश सरकारहरु फेरबदल हुने बताए। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले मुलुकको समृद्धि हासिल गर्न र नेकपा एमालेको संकल्प गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न नयाँ समीकरणको सरकार बनेको स्पष्ट पारे। 

पोखरेलले नयाँ समीकरणमा को प्रधानमन्त्री कति समयका लागि बन्ने र एमालेले राम्रा मन्त्रालय किन नलिएको भन्ने भन्दापनि मुलुकलाई सकारात्मक दिशाबाट अघि बढाउन एमालेले लचकता अपनाएको बताए। उनले नयाँ समिकरणका लागि प्रधानमन्त्री आलोपालो भन्ने कहि कतै सहमति नभएको स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.