नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ट्याक्टर प्रहरीको नियन्त्रणमा
गुलरिया : बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ स्थित बबई नदी किनारबाट वातावरणीय प्रभाव मूल्यांकन बिना नदीजन्य पदार्थ उत्खनन् तथा चोरी पैठारी गरेको आरोपमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरीबाट गएको गस्ती टोलीले बालुवा उत्खनन् एवम् पैठारी गरेको भन्दै भे १ त १४३१ र भे २ त ७२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा नदीजन्य पदार्थ चोरीपैठारी भैरहेको अवस्थामा फेला परेका ट्याक्टरहरु प्रचलित कानून बमोजिमको कारवाहीको लागि ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम मधुवन नगरपालिका नगरकार्यपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
प्रहरीले फेला पारेको ट्याक्टर ।