चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला
धनगढी : कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षीया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ। होली पर्वको दिनमा साथीहरूसँग कर्णाली पुलबाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए।
उनको शव खोज तलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागेका थिए। उनको शव तीन दिनपछि टीकापुर नगरपालिका वडा नम्बर २ स्थित सनकट्टि घाट नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !