त्रिशूली नदीमा ट्याक्सी दुर्घटना अपडेट : मृतक ५ जनाकै सनाखत, एक जना अझै बेपत्ता

त्रिशूली नदीमा ट्याक्सी दुर्घटना अपडेट : मृतक ५ जनाकै सनाखत, एक जना अझै बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

चितवन : चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ। उक्त दुर्घटनामा एकजना बेपत्ता रहेका चितवन प्रहरीले जनाएको छ । 

काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो । 

दुर्घटनामा परी ट्याक्सी चालक गोर्खा-७ का अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल , ट्याक्सीमा सवार जिल्ला गोर्खा-७ का  नै ४१ वर्षीया हरिमाया रोकाय , ७० वर्षीया जुनकिरी रोकाय ,२८  वर्षीय  अन्जना रोकाय र  ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको हो।

बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको जनाइएको छ। 

ट्याक्सीमा सवार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली खटिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.