रेशम-रञ्जिता विवाद साँच्चिकै हो कि देखावटी?

रेशम-रञ्जिता विवाद साँच्चिकै हो कि देखावटी?
सुन्नुहोस्

धनगढी : सरकारमा जाने वा नजाने तिब्र मतभेदमा देखिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिताको त्रिभुवन विमानस्थलको फोटो सार्वजनिक भएको छ। जापानबाट फर्केका रेशम (पति)लाई रञ्जिताले अंगालो हालेको फोटो सार्वजनिक भएको हो।

केही दिनदेखि रेशम जापानमा थिए। रेशमले जापानमै रहेका बेला पार्टीभित्र सरकारमा जाने र फिर्ता हुने दोहोरी नै चलेको थियो। रञ्जिताको अध्यक्षतामा चैत १४ गते टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकले सत्ता गठबन्धनलाई सहयोग गर्ने र प्रदेशहरुमा पनि सरकार बनाउन सहयोग गर्ने निर्णय गरेको थियो।

त्यो निर्णय पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष दामोदर पण्डितले मिडियामा बोलेका पनि थिए। तर, त्यसको दुई दिनपछि तिनै दामोदर पण्डितको उक्त निर्णयमा आफ्नो सहमति नभएको विज्ञप्ति सार्वजनिक भएको थियो। बैठकमा रहेको सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले पनि उक्त निर्णयमा आफूपनि सहमत नरहेको भन्दै विज्ञप्ति निकालेका थिए।

चैत १६ गते पार्टी अध्यक्ष रञ्जिता चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई सरकारबाट बाहिरिन लिखित पत्र नै पठाएकी थिइन्। त्यसको काउन्टरमा उनले सरकार नछोडने प्रतिक्रिया दिएका थिए। नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यमध्ये ४ जना मन्त्री र एक जना राज्यमन्त्री भइसकेका छन्।

ती ५ जना रेशमको पक्षमा देखिएका छन् भने एक जनाले पनि मत नदिए कमलबहादुर शाह नेतृत्वको सरकार खस्ने भएकाले रञ्जिताले पनि आफ्ना २ जना प्रदेश सभा सदस्य रोकेर राखेकी छन्। यसबीचमा पनि रेशम र रञ्जिताका बीच तिब्र विवाद भएको समाचारहरू सार्वजनिक भएका थिए।

तर, विदेशबाट आएका पति रेशमलाल चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर रञ्जिताले अंगालो हालेको  तस्बिर सार्वजनिक भए पनि उनीहरूबीच खासै विवाद नरहेको देखिन्छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.