संसदमा आजपनि कांग्रेसको अवरोध, गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति बनाउनुपर्ने माग

संसदमा आजपनि कांग्रेसको अवरोध, गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति बनाउनुपर्ने माग

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आज पनि नेपाली कांग्रेसले अवरोध जनाएको छ।  बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरूले आ-आफ्नो सिटबाट उठेर अवरोध जनाएका छन्। अवरोध पछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रतिमा गौतमलाई समय दिएका छन्। 

उनले संसदमा गृहमन्त्री रवि लामिछानेबारे कांग्रेसले उठाएको विषयप्रति सरकार गम्भीर नभएको आरोप लगाइन्। संसददेखि सडकसम्म सहकारी ठगीको  विषय छताछुल्ला हुँदा पनि सरकारले नसुनेझै गरेर बसेको भन्दै आपत्ती जनाइन्।

गौतमले यसअघि पनि विभिन्न मन्त्रीमाथि आरोप लाग्दा अनुसन्धानका लागि मार्गप्रशस्त गरेको उदाहरण रहेको भन्दै गृहमन्त्रीले पनि आफूमाथिको आरोपको अनुसन्धानका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिइन्। कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राख्दा सत्तापक्ष डराएको उनको भनाइ छ।

सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय सुनुवाइ समिति नबनेसम्म संसदमा अवरोध कायम हुने बताइन्।

'सहकारीका बचतकर्ताहरूको बचत जोखिममा परेका छन्।  संसददेखि सडकसम्म सहकारी ठगीको विषय छताछुल्ल भएको छ। छानबिन समिति बनाउने वातावरण सृजना गरौं। दोषी भए कारवाहीको दायरमा जानुहोला। दोषी भएन भने फेरि  गृहमन्त्री भएर आउनुहोला। हामी स्वागत गर्नेछौं,'उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.