म्याग्दीमा यसवर्ष १६ किलोमिटर सडक कालोपत्रे गरिने

म्याग्दीमा यसवर्ष १६ किलोमिटर सडक कालोपत्रे गरिने
सुन्नुहोस्

बेनी : गण्डकी प्रदेश सरकारमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ मा थप १६ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने आयोजना सञ्चालन भएको छ। 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजना मार्फत १६.२ किलोमिटर सडक कालोपत्रे/आरसिसि र पिसिसि ढलान गर्न लागिएको हो। 

कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले ६ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, ४ किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिए।  

सडक निर्माण, स्तरोन्नति, कालोपत्रे, झोलुंगे र सडक पुल सम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकोमा ४ वटा ठेक्काको मूल्याङकनको चरणमा रहेको छ। 

सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन्। ७ वटा सालबसाली योजना सम्पन्न भइसकेका छन्। ४ वटा आयोजनाको ठेक्का सम्झौताको तयारी भएको छ। यसअघि ठेक्का सम्झौता भएका १३ वटा आयोजना चालु रहेका छन्। 

चालु आर्थिक वर्षमा कुल ७१ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यालयले फागुन मसान्तसम्म ८ करोड ९३ लाख ४३ हजार रुपैयाँ अथवा १२.५१ प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षमा १३.२८ किलोमिटर पक्की सडक, ७.२ किलोमिटर ग्राभेल, २३.२७५ किलोमिटर माटे सडक निर्माण भएको थियो। 

यस वर्ष ५.६ किलोमिटर दूरीको गलेश्वर–पीपले–भगवति सडक कालोपत्रे र दरवाङ–धारापानी सडकको ६ किलोमिटर ६०० मिटर ग्राभेल सकिएको छ। बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब ९ किलोमिटर कालोपत्रे गर्ने तयारी भएको छ। 

२० करोड रुपैयाँ लागत अनुमान गरिएको बेनी–पाखापानी, २५ करोड रुपैयाँ लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्रे गर्न आव्हान गरिएको ठेक्का प्रस्ताव मूल्यांकनको चरणमा छ। बेनी–भकिम्ली, अदिभारा–डाडागाउँ र पखेर–बरंजा सडक स्तरोन्नतिका लागि १०/१० करोड बजेटको आयोजनाको ठेक्का आह्वान भएको छ। 

दरवाङ–बिम सडक कालोपत्रे गर्न २५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता भइसकेको निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताए।  अदिभारा र अर्चेखोलामा २५/२५ मिटर लामो मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेका छन्। शिवरात्री खोलामा ४० मिटर लामो मोटरेबल पुल बनाउन सोमबार ९ करोड रुपैयाँ लागतको ठेक्का आह्वान भएको छ। अर्गला र छ्यारछ्यारेमा मोटरेबल पुल निर्माण सकिएको र भारवाङघाटमा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.