पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या

पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या

बेनी : पर्वतको जलजला गाउँपालिका-२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ। घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ। 

सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। 

पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ। जनप्रतिनिधि र प्रहरीको साथै मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.