दम्पत्ती हत्यामा संलग्नको पहिचान खुलेन

अनुसन्धानमा प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर परिचालन

दम्पत्ती हत्यामा संलग्नको पहिचान खुलेन

बेनी : पर्वतको जलजला गाउँपालिका–२ दहमा भएको २ जनाको हत्याको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार नजिकै पर्छ । 

६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीया श्रीमती गमला जिसीको सोमबार राती हत्या भएको हो । जिसी दम्पत्तीको हत्या सम्बन्धी अनुसन्धानका लागि विशेष टोलीका साथै तालिम प्राप्त कुकुर परिचालन गरिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमप्रसाद भुषालले बताए । 

‘फरेन्सिक टोली आएर अनुसन्धान थालेको छ । संलगनको पहिचान खुलेको छैन,’ घटनास्थलमा रहेका उपरीक्षक भुषालले भने, ‘अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरेका छौं ।’ घटना मुचुल्का गरी शवलाई बेनी अस्पतालमा ल्याइएको छ । 

घटनास्थललाई सुरक्षित बनाएर तथ्य प्रमाणहरुको खोजी गरिरहेको छ । साँझसम्म जिसी दम्पत्तीको हत्या कसले गरेको हो भन्ने पहिचान नभएको र अनुसन्धान जारी गरेको प्रनाउ भुषालले बताए । 

दम्पत्तीको हत्या गरी घरको ढोकाको बाहिरबाट चाबी लगाएर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भेट्न आएका आफन्तले घरमा ताला लगाएको र फोन नउठेपछि बेनीको अस्पताल चोकमा फेन्सी ब्यवसाय गर्ने दम्पत्तीका छोरा रविनलाई खबर गरेका थिए । 

करिब ८ बजे रबिन घरमा पुग्दा जिसी दम्पत्ती रगताम्मे अवस्थामा भेटिएका थिए । सूर्यबहादुरको शव खाट र गमलाको भुइमा थियो । शरीरमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ । 

सूर्यबहादुरले सोमबार राती ९ बजे वडा अध्यक्ष प्रकाश जिसीलाई फोन गरेर घर नजिकै आगलागी भएको जानकारी गराएका थिए ।  ‘साँझ आगो लागेको खबर गर्नुभएको थियो,’ उनले भने ‘बिहान घरभित्रै मृत भेटिएको खबर पाउँदा छक्क परे । घटना रहस्यमय छ ।’ 

मल्लाजदेखि गलेश्वर जाने पैदलमार्गमा पर्ने सूर्यबहादुरको घर नजिकै छिमेकी छैनन् ।  जिसीका माइला र कान्छा छोरा रोजगारीको लागि दक्षिण कोरीयामा छन् । जेठा छोरा रविनले बेनीमा फेन्सी व्यवसाय गर्छन् । जिसी दम्पत्तीले गाउँमै खेती किसानीका साथै किराना पसल गरेर बसेका थिए । 
 
पर्वतको जलजला–२ दहमा हत्या गरिएका सूर्यबहादुर र गमला जिसीको घर । तस्बिर : सन्तोष गौतम।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.