पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, १ गम्भीर घाइते
![पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, १ गम्भीर घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_IpVq6lk0XZ_a3m4udZwMU.jpg)
वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाँउपालिका-६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा दुबै मोटरसाइकलका चालक गम्भीर घाइते भएकोमा एक जनाको अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
गण्डक नहरभन्दा उत्तरपट्टि सखुवा प्रसौनी-६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउँपालिका अन्तर्गतको प्रसौनी गाउँको बिचमा रहेको हुलाकी सडकमा बेलुकी ८ बजेतिर दुई विपरीत दिशाबाट आउँदै जाँदै गरेका ना ७ प २६०३ र प्रदेश २-३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी वै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।
स्थानीयबासी र प्रहरीले दुवै घाइतेलाई उद्धार गरी एम्बुलेन्समा राखेर उपचारका लागि वीरगन्ज पठाएका थिए
तीमध्ये ना ७ प ५३१५ नम्बरको मोटरसाइकल चालक पर्साकै जगरनाथपुर गाँउपालिका-४ सुहपुरका अन्दाजी ३० वर्षीय
हरिन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
अर्का गम्भीर घाइते पर्साकै वीरगन्ज महानगरपालिका- ३छपकैयाका ४२ वर्षीय शेख जावेद आलाको भने नारायणी अस्पतालको आइसियुमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको थापाले बताए ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)