कांग्रेसलाई उम्मेदवार छान्नै धौ–धौ

कांग्रेसलाई उम्मेदवार छान्नै धौ–धौ

काठमाडौं : नेपाली कांग्रेसको मंगलबार बसेको कार्यसम्पादन बैठकले उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाउन सकेन। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा करिब ४ घन्टा छलफल भएको थियो। बैठकमा सहमति हुन नसकेपछि बुधबार ४ बजे बस्ने गरी बिना निष्कर्ष बैठक सकिएको थियो। बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद सुरु भएपछि उम्मेदवारको तय हुन नसकेको शेखर समूहका एक नेताले बताए। इलाममा जिल्ला सभापति डम्बरबहादुर खड्का र भेषराज आचार्य मुख्य दाबेदार छन्। खड्का सभापति देउवानिकट र आचार्य शेखर कोइरालानिकट मानिन्छन्। 

बैठकमा सभापति देउवाले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए। उनको अडानमा शेखर कोइराला लगायतका इतर समूहका नेताले असहमति जनाएका थिए। संस्थापन इतर समूहका नेताहरू कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे भने आचार्यको पक्षमा उभिएका थिए। बैठकमा नेता कोइरालाले स्थानीयको चाहनालाई बेवास्ता गरेर निर्णय लिँदा पार्टी दुर्घटनामा पुग्न सक्ने चेतावनी दिएका थिए। कोइरालाको भनाइ उध्रित गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘इलामको सवालमा भेषराजजीले जित्ने कुरा स्थानीय साथीहरूले गर्नुभएको छ। भेषराजजीलाई टिकट दिनुभयो भने ठीक छ। नत्र हामी जित हारको जिम्मा लिने छैनौं।’ बैठकमा शेखरको भनाइलाई पूर्वमहामन्त्री शशांक कोइरालाले पनि समर्थन जनाएका थिए।  

उनीहरू इलाममा आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्छ अडानमा छन्। कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले उम्मेदवार टुंगो लगाउने विषयमा छलफल विस्तृतमा भएको र बुधबार दिउँसो २ बजे बैठक बस्ने गरी सकिएको बताए। 

बैठकमा देउवा पक्षले निरन्तर खड्का गएको निर्वाचनमा १ सय १४ मतले मात्र पराजित भएको तर्क गरेका थिए।  ०७९ को निर्वाचनमा स्वर्गीय सुवास नेम्बाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। थोरै मतान्तर मात्र भएकाले यसपटक खड्कालाई नै मौका दिनुपर्ने धारणा राखेका थिए। विश्वकर्माले भने, ‘१,२ जना आकांक्षी मात्र नभई सबै आकांक्षीको विषयमा छलफल भएको छ। कसलाई अगाडि सार्दा सही हुन्छ भन्ने अहिले टुंगिएको छैन।’

शेखर–गगन पक्षले इलाममा आचार्य नै एक मात्र बलियो उम्मेदवार भएकाले उनैलाई दिनुपर्ने अडान राखेका छन्। बझाङ प्रदेशसभा–१ बाट मंसिर ४ मा निर्वाचित पृथ्वी सिंह दुर्घटनामा परेर निधन भएकाले उनकै छोरालाई टिकट दिनुपर्ने अडान देउवाको छ भने शेखर–गगन पक्षले भने उनलाई टिकट दिन नहुने अडान राखेका छन्। शेखर गगन समूहले जगत जोशीलाई उम्मेदवारका रूपमा अगाडि सारेका छन्। १५ वैशाखमा हुने उपनिर्वाचनका लागि एमाले, राष्ट्रिय स्वतन्त्र पार्र्टी, माओवादी लगायतका दलले उम्मेदवार टुंगो लगाइसके पनि कांग्रेसले भने अभैm उम्मेदवारको टुंग्याउन सकेको छैन। इलाम २ र बझाङ १ को प्रदेश सभा १ मा वैशाख १५ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि चैत २४ गते मनोनयन दर्ता गर्ने तालिका छ। कांग्रेसबाट इलामका लागि ७ जना र बझाङका लागि १० आकांक्षीको नाम सिफारिस केन्द्रमा आइपुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.