बिहानैदेखि साँझसम्म नकारात्मक कुराको मात्र प्रचार भयो, यो प्रचलनलाई अन्त्य गरौं : मन्त्री शर्मा
तानसेन : सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले वर्तमान संविधानको शासकीय स्वरुप र निर्वाचन प्रणालीको कारण एउटै सरकार कति दिन चल्छ भन्न सकिने अवस्था नरहेको बताएकी छन्। पाल्पाको तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सूचना प्रविधि मन्त्री शर्माले नेपाली कांग्रेस, नेकपा जस्ता पार्टीले बहुमत पाउँदा पनि स्थिर सरकार दिन नसकेको बताइन्।
गएको निर्वाचनमा जनमत नै मिश्रित आएकोले सरकार छिन छिनमा परिवर्तन भएको मन्त्री शर्माले बताएकी हुन्। ५ वर्षे स्थिर सरकारको लागि प्रदेश र संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुपको विषयमा राजनितिक दलहरु बीच सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको सरकारका प्रवक्ता सूचना प्रविधीमन्त्री शर्माले बताइन्। स्थानीय सरकार प्रमुखलाई ५ वर्षसम्म शासन सत्ता चलाउने ग्यारेन्टी भएकोले जे सुकै भएपनि स्थानीय सरकार प्रमुखलाई कसैले पनि हटाउन नसक्ने व्यवस्था संविधानमा भएकोले केन्द्र, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनले बताइन्।
भष्ट्रचार अन्त्यको लागि जिल्लादेखि केन्द्रसम्मका राजनितिक दलका नेताहरु, वडाअध्यक्षदेखि राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरु र सबै तह तप्काका कर्मचारीहरुको वार्षिक रुपमा सम्पत्ति छानविन तथा सार्वजनिक गर्नुपर्ने नीति यम तथा ऐन कानुनको लागि सरकारले पहल गर्ने उनले बताइन्।
संविधानको शासकीय स्वरुप र निर्वाचन प्रणालीको कारण एउटै सरकार कति दिन चल्छ भन्न सकिने अवस्था छैन।
बन्दुकको नाल बाट ढल्न नसकेको व्यक्ति/संस्था सत्ता पाएपछि र विविध अवसरको कारण ढल्दै गएको उनले बताइन्। सूचना प्रविधीमन्त्री शर्माले पत्रकार तथा आम संचार माध्यमलाई व्यस्थित गर्ने विधेयक अर्थ मन्त्रालयबाट स्विकृत भई मन्त्रिपरिषदको बैठकमा लैजाने गरी तयारी भइरहेको बताइन्। उनले मिडिया काउन्सिल विधेयक छलफलको लागि संसद्मा लैजाने काममा मन्त्रालय लागेको मन्त्री शर्माले बताइन्।
विज्ञापनमा देखिएको विकृति, विसंगति र विचौलिया प्रवृधिलाई अन्त्य गर्न मन्त्रालय सक्रिय भएर लागेको, संघ, प्रदेश र स्थानीय तहबाट हुने विज्ञापनहरुलाई व्यस्थित गरेर सोझै मिडिया हाउसले पाउने गरी समानुपातिक रुपमा वितरण गर्ने प्रणालीको विकास गर्न गर्न आफू सक्रिय भएर लागेको सूचना प्रविधी मन्त्री शर्माले जानकारी दिइन्।
अहिले नेपालमा सकारात्मक तथा राम्रा कामहरुको प्रचार प्रसार नगरी बिहानैदेखि साँझसम्म सञ्चार माध्यमदेखि आम मानिसहरुमा नकारात्मक कुराको मात्र प्रचार गर्ने प्रचलनलाई अन्त्य गरी सकारात्मक काम कुराको अभियान आम मिडियावासीले चलाउनु पर्ने आवश्यकता बढ्दै गएको मन्त्री शर्माको भनाई छ।