नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। अघिल्लो साता लगातार घटेको नेप्से आइतबार २२.७५ अंकले बढेको हो।
यस दिन ३ सय ११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भएको छ।
५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। यस दिन २ वटा बाहेक बाँकी सबै समूहका उपसूचकमा वृद्धि भएको छ।
सबैभन्दा बढी फाइनान्स समूहको सूचक ५.९५ प्रतिशतले बढेको छ। ९५ करोड २० लाख रुपैयाँको कारोबारसहित नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रह्यो।