नेकपा एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे निर्वाचित

नेकपा एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे निर्वाचित
अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस)।

स्याङ्जा : नेकपा एमाले स्याङ्जाको ९ औं अधिवेशनले सूर्यप्रसाद गैह्रे (पारस) लाई अध्यक्षमा निर्वाचित गरेको छ। उनी हालसम्म लगातार तेस्रो कार्यकालको  लागि अध्यक्ष भएका हुन्।  

अध्यक्ष लगायत १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ। कमिटीमा ५ पदाधिकारी छन्। कमिटीको उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चिनुमाया गुरुङ छन्।

आठौं अधिवेशनमा मतदान प्रक्रियाबाट निर्वाचित भएका पारस अहिले सर्वसम्मत प्रक्रियाबाट बने। अध्यक्ष पदको प्रतिस्पर्धामा रहेका अन्य दुई जना चुनावी प्रतिस्पर्धामा जान इच्छुक नदेखिएकाले सर्वसम्मत नेतृत्व चयन हुन सहज बनेको हो।   

नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा पाटी एकीकरण हुँदा उनी माओवादीतर्फ पनि अध्यक्ष थिए। एकीकरणपछि स्याङ्जामा अध्यक्ष माओवादी कोटामा परेको थियो। त्यसपछि उनी एमालेको जिल्ला अध्यक्ष बनेका थिए। यसैगरी, खुला, महिला, युवा, जनजाती, अल्पसंख्यक, मुस्लिम, मजदुर, दलित, भूगोल, क्लष्टरबाट सदस्य छानिएका छन्।

शुक्रबार अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए।  शनिबार बिहानदेखि चलेको बन्द सत्रले आइतबार साँझ मात्र पदाधिकारीसहित कार्यसमिति टुंग्याउन सफल भएको हो। आकांक्षी धेरै देखिएकाले सहमतिमा टुंग्याउन समय लागेको बताइएको छ। 

स्याङ्जाका ११ पालिका, ९७ वडा कमिटी र जनसंगठनबाट गरी ६०९ महाधिवेशन प्रतिनिधि चयन थिए।  जिल्लाभरका ९ हजार ५४३ जना संगठित सदस्य रहेका नेकपा एमाले स्याङ्जाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.