कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
सुन्नुहोस्

कर्णाली : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले बुधबार शपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन्।

मुख्यमन्त्री कँडेलले पद तथा गोपनीयताको शपथ लिए पनि मन्त्रिपरिषद् विस्तार भने हुन सकेको छैन। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटेपछि मुख्यमन्त्री कँडेलले मात्रै शपथ ग्रहणग्रहण समा गरेका हुन्। शपथ रोहमा प्रदेशका सभामुख नन्दा गुरुङ, निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा, सांसदहरू लगायतको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.