एमाले जाजरकोटको अध्यक्षमा ८ मतले नरेन्द्र शाही निर्वाचित

एमाले जाजरकोटको अध्यक्षमा ८ मतले नरेन्द्र शाही निर्वाचित
सुन्नुहोस्

जाजरकोट : नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार भएको मतदानबाट शाहीले १ सय ९४ प्राप्त गरी विजयी भएका हुन्।

निकटतम प्रतिस्पर्धी शाहीले १ सय ८६ मत पाएका थिए। दुई प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका नरेन्द्रलाई केन्द्रीय सदस्य निरज आचार्यको साथ रहेको थियो । खिमबहादुरलाई अर्का केन्द्रीय सदस्य भैरब सुन्दर श्रेष्ठको साथ रहेको थियो। नरेन्द्र प्यानलबाट अध्यक्ष र उपसचिव निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव र महिला उपसचिव खिमबहादुर प्यानलका निर्वाचित भएका छन्। शाही यस अघि शिवालय गाँउपालिकाका अध्यक्ष हुन्। विद्यार्थी कालबाटै राजनीतिमा होमिएका शाही केही समय शिक्षण पेशामा समेत संलग्न थिए। उनले आफ्नो जित पुस्तान्तरणको जीत भएको बताएका छन्। उनले पार्टीलाई एक ढिक्का बनाएर जाजरकोटमा  पहिलो पार्टी बनाउने संकल्प गरेका छन्।
 

उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन्। शाहले १ सय ८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी मोतिलाल ओलीले १ सय ७५ मत प्राप्त गरेका गरे। त्यसैगरी सचिवमा १ सय ८८ मत प्राप्त गरी गोपाल बहादुर नेपाली निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एनबी) लाई १७ मत अन्तरले पछि पार्दै नेपाली विजयी भएका हुन्। बस्नेतले १ सय ७१ मत प्राप्त गरेका छन्।

उपसचिवमा तप्तबहादुर हमाल विजयी भएका छन्। उनका प्रतिस्पर्धी भक्तबहादुर बस्नेतलाई पछि पार्दै हमाल विजयी भएका हुन्। हमालले १ सय ८१ मत प्राप्त गर्दा बस्नेतले १ सय ५७ मत प्राप्त गरेका छन्।

महिला उपसचिवमा सुनिता बोहरा विजयी भएकी छन्। उनका प्रतिस्पर्धी हरिकला जैसीलाई पराजित गर्दै बोहरा निर्वाचित भएकी हुन्। बोहराले १ सय ९३ मत प्राप्त गर्दा जैसीले १ सय ५१ मत प्राप्त गरिन्।

खुल्ला सदस्य तर्फ  रामचन्द्र घर्ती, इन्द्र बहादुर थापा, कर्ण बहादुर खत्री, लोकेन्द्र संह (लोकेश), गणेश बहादुर थापा र कर्ण बहादुर शाही निर्वाचित भएका छन्। खुल्ला महिलातर्फ लक्ष्मी नेपाली, कौशिला कामी र सरस्वती वली निर्वाचित भएका छन्। ४० वर्ष मुनिका युवा सदस्यहरुतर्फ दिनेश गौतम, जय बहादुर बस्नेत, अशोक बहादुर सिंह, राम बहादुर सिंह, पुर्ण बहादुर नेपाली, जगत थापा र दुर्गा बहादुर थापा (दुर्गेश) निर्वाचित भएका छन्।

एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ४ सय ४ प्रतिनिधी छनौट भएका थिए। त्यसमध्ये ३ सय ९७ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.