ठूलोखोलाको ८५ प्रतिशत भौतिक प्रगति

ठूलोखोलाको ८५ प्रतिशत भौतिक प्रगति
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। 

संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको यस आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको छ।  आगामी ३ महिनाभित्र पूर्वाधार निर्माणको काम सकिने सिभिल ठेकेदार साकुरा पावर–त्रिपल एसका आयोजना व्यवस्थापक इञ्जिनियर शिवलाल चालिसेले जानकारी दिए। ‘बाँध, पानी थिग्राउने पोखरी र विद्युतगृह निर्माण अन्तिम चरणमा छ,’ उनले भने ‘दुई हजार ७०० मिटर लामो सुरुङ जोडिसकेको छ। ४३.३६ मिटर लामो सर्ज साफ्टको बुधबार ब्रेक थ्रु भएको छ।’

सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ।  आकस्मिक रुपमा विद्युत गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ। जलविद्युत आयोजनाका लागि सर्ज साफ्टको ब्रेक थ्रु हुनुलाई महत्वपूर्ण उपलब्धि मानिन्छ।  

 
रघुगंगा नदी स्थित फेदीखोलाको बाँध देखि छरीमा निर्माणाधीन विद्युतगृह नजिकै जोड्ने सुरुङ निर्माण कार्य २० महिनामा सकिएको छ। आउटलेट देखि विद्युतगृह जोड्ने १ हजार ६४० मिटर पेनष्टक पाइप जडान गर्न थालिएको छ। विद्युतगृह देखि आउटलेटको उचाइ ३५५ मिटर छ। विद्युतगृहको छाना छाएपछि जडान गर्ने जेनेरेटर र टर्वाइन लगायत उपकरण राख्ने ठाउँ तयार बनाइएको छ। फेदीमा ६४ मिटर लामो बालुवा थिग्राउने पोखरी निर्माणको अन्तिम चरणमा छ।

आयोजनाका प्रमुख रविन्द्र हमालले हिमाली क्षेत्रको प्रतिकुल मौसम, भूगोल र प्राकृतिक विपद्का चुनौतीका बीच निर्माणको कामलाई तीव्रता दिएको बताए। १०४.१६ मिटर भर्टिकल साफ्ट निर्माण सकिएको छ। यस आयोजनामा हाल दैनिक २०० जना कामदारले नियमित रुपमा काम गर्दै आएका छन्। गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैँक तथा वित्तीय संस्थाहरूको लगानी रहेको छ।

यस आयोजनामा नेपाल बैँक लिमिटेडको नेतृत्वमा सनराईज बैँक, राष्ट्रिय वाणिज्य बैँक, सिद्धार्थ बैँकले लगानी गरेको आयोजनाले जनाएको छ। यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्‍याएपछि आयोजनको निर्माण कार्य केही पछि धकेलिएको हो। 

आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि ८ किलोमिटर २२० केभी क्षमताको प्रशारण लाइन निर्माणाधीन छ। ३२ वटा मध्य १४ वटा टावरको निर्माण सुरु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.