५३ राउन्ड गोली बरामद
![५३ राउन्ड गोली बरामद](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_CCnUbXAdSy_qlDqBnb5PV.jpg)
मलंगवा : सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-८ मा जमिन मुनी गाडेर राखेको अवस्थामा ५३ राउन्ड गोली बरामद गरिएको छ।
गोरखकाली प्रहरी चौकी नजिकबाट जमिनमुनि गाडेर राखेको अवस्थामा पेस्तोलमा प्रयोग हुने केएफ लेखिएको ५३ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
ईश्वरपुर नगरपालिका-५ बस्ने विजय महतोले सञ्चालन गरेको भोलेबाबा अटो पार्टस एन्ड विजय रिपेरिङ सेन्टरको अगाडि रहेको खुला कवाडी राखेको सामानहरू ठाउँमा जमिन मुनी गाडेर राखेको अवस्थामा गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा चेकजाँच गर्न गएका प्रहरीले गरगहना राख्ने सानो ब्याग भित्रमा लुकाएर राखेको अवस्थामा गोली बरामद भएको हो। गोली उक्त स्थानमा कसले ल्याएर राखेको हो त्यो अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)