एमाले बागलुङको अध्यक्षमा पुनः केसी

एमाले बागलुङको अध्यक्षमा पुनः केसी
सुन्नुहोस्

बागलुङ : नेकपा एमाले बागलुङको अध्यक्षमा पुनः हिरा बहादुर केसी निर्वाचित भएका छन्। बागलुङ बजारमा जारी दशौं अधिवेशनबाट केसी दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। 

शुक्रबार अध्यक्षको लागि केसी र नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पूर्व सदस्य हरिनारायण गौतमले उम्मेदवारी दर्ता गरेका थिए। गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्षमा  निर्वाचित भए।

यस्तै उपाध्यक्ष र सहसचिवमा पनि सर्वसम्मत उम्मेदवारी चयन भएको छ। उपाध्यक्षमा विष्णु भुसाल  सर्वसम्मत चयन भए। उनी यसअघि जिल्ला सचिव थिए। यस्तै उपसचिवमा धन बहादुर परियार र करमती पुनः चयन भएका छन्। उपसचिवमा परियार र पुनको मात्रै उम्मेदवारी परेको हो।

सचिवमा तीन जनाको उम्मेदवारी परेको छ। गणेश थापा, चन्द्र गणेश र कुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन्। सचिव र सदस्यहरूमा सहमतिको प्रयास भइरहेको अध्यक्ष मण्डलले जनाएको छ। निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा भने गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.