पर्यटक सूचना केन्द्र पुनः सञ्चालन

पर्यटक सूचना केन्द्र पुनः सञ्चालन
सुन्नुहोस्

बेनी : बेनीमा शनिबारदेखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ। म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्षका अवसरमा शनिबारदेखि सञ्चालनमा ल्याएको हो। 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको प्रमुख नाका कालीपुल बसपार्कमा स्थापना भएको सूचना केन्द्रमा जिल्लाका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृति सम्बन्धी जानकारी मुलक तस्बिर तथा दृश्य सामग्री राखिएको बताए। ‘म्याग्दी भ्रमण वर्षका अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि २०७७देखि बन्द भएको थियो,’ उनले भने ‘३ वर्षपछि पुनः सञ्चालनमा ल्याइएको सूचना केन्द्रमा १ जना कर्मचारी राखेका छौ।’

सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनहरूको बिक्री कक्ष सहितको कोशेली घर पनि छिट्टै सञ्चालनको तयारी गरेको संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए। 

म्याग्दीका ६ वटै स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्वीर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्ने सुविधा लगायत विषयमा जानकारीमुलक बोर्ड राखिएको छ। 

सूचना केन्द्रका संयोजक समेत रहेका शाक्यका अनुसार कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण, समन्वय गर्नेछन्। सूचना केन्द्र स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले २५ लाख रुपैयाँ बढी बजेट खर्चेर भवन बनाएका थिए। नेपाल पर्यटन बोर्डले पर्यटकीय क्षेत्रको फ्रेमसहित फोटाहरू, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन राखेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.