प्रतिनिधि सभाको बैठक अगाडि कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रतिनिधि सभाको बैठक अगाडि कांग्रेसले बोलायो संसदीय दलको बैठक
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभाको बैठक अगाडि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आज बिहान संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

बैठकमा समसामयिक राजनीतिक विषय, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले उठाउँदै आएको संसदको छानबिन समितिको मागको विषय र संसदको चालु अधिवेशन अन्त्यको विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिधि सभाको बैठक पनि आज बिहान ११ बजे बोलाइएको छ। सहकारी प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसले निरन्तर संसद अवरोध गरेको भन्दै सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो।

सरकारले आज राति १२ बजेपश्चात संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.