राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन

राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन
फाइल तस्बिर।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन भएको छ। राप्रपा बर्दिया मधुवन नगर कार्य समिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा सोमबार छाउनी अस्पतालमा निधन भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

डाँगी राप्रपाले गत चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी भएका थिए।  प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर उनी गम्भीर भएका थिए। अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो।

null

डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने राप्रपाले जनाएको छ। संवैधानिक राजतन्त्रका पुन:स्थापनासहित संघीयता र धर्मनिरपेक्षताका खारेजीको माग राख्दै राप्रपाले काठमाडौंमा जनप्रदर्शन गरेको थियो। सोही क्रममा सिंहदरबारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप समेत भएको थियो। प्रहरीले केही प्रदर्शनकारी पक्राउ गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.