पैदलयात्रीलाई ठक्कर दिएको मोटरसाइकल ट्यांकरसँग ठोक्कियो, एकजनाको मृत्यु

पैदलयात्रीलाई ठक्कर दिएको मोटरसाइकल ट्यांकरसँग ठोक्कियो, एकजनाको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारी नगरपालिकामा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार राति १० बजेतिर उर्लाबारी–३ मंगलबारेमा मे.७ प.८४८० नम्बरको मोटसाइकल पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएको थियो ।

अनियन्त्रित भएको मे.७ प.८४८० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको डब्लुबी ७६ बी ०१११ नम्बरको ट्यांकरसँग ठक्कर खाएको थियो । जसमा पैदल यात्री उर्लावारी–३ का ४५ वर्षीय रामकिशोर चौधरी घाइते भएका थिए । 

छाती र टाउकोमा चोट लागेका उनलाई मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा सामान्य उपचारपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ । यस्तै,मोटरसाइकलमा सवार जिल्ला मोरङ कानेपोखरी गाउँपालिका–३ बस्ने सोमनाथ जोगीका छोरा १४ वर्षीय दर्पण जोगी मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार सोही स्थानका ३३ वर्षीय धनबहादुर जोगीको अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्दा १०:१५ बजेतिर मृत घोषण गरेका थिए । प्रहरीले मोटरसाइकल, ट्यांकर र ट्यांकर चालक भारतको पश्चिम बंगाल सिलगुडीबस्ने ३५ वर्षीय कम्लेशकुमार सिंह नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.