सर्लाहीको शिवनगरमा आगलागी, ३ पसल जलेर नष्ट

सर्लाहीको शिवनगरमा आगलागी, ३ पसल जलेर नष्ट
सुन्नुहोस्

मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिका-१ शिवनगरमा सोमबार आगलागी भएको छ। आगलागीमा परी ३ पसल जलेर नष्ट भएको छ। एक निर्माणाधीन भवनमा पनि क्षति भएको छ।

विन्देश्वर साहको निर्माणाधीन घरबाट सलेको आगो साहकै औषधि पसलहरु पूर्णरुपमा खरानी बनेको छ। साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलान थियो। ढलान गर्नका लागि पूजा गर्नका लागि बालिएको अगरबती सल्केर सटररिङ्ग गरेको काठमा पुग्दा आगलागी भएको स्थानीय बताउँछन्। 

पूजा गरेर ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो लागेकाले कसैलाई थाहा नभएको स्थानीय विनोद साहले बताए। आगलागीले के कति क्षति भएको त्यसको विवरण अहिलेसम्म खुल्न सकेको छैन। आगोलाई स्थानीयबासी, प्रहरी र हरिवन नगरपालिकाबाट आएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो। साहको घर गाउँबाट पर रहेकोले अरु घर जोगिएको उनले बताए। गाउँमा घर भएको भए धेरै क्षति हुन्थ्यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.