कर्णालीका मुख्यमन्त्री कंडेलले १३ गते विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री कंडेलले १३ गते विश्वासको मत लिने
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आउँदो बिहीबार (१३ गते) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार पत्र पठाएको प्रदेशसभा सचिवालयले जनाएको छ। गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले झण्डै तीन हप्तापछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्।

मुख्यमन्त्रीले भोलि (बुधबार) सरकार विस्तार गरेर पर्सी (बिहीबार) संसदबाट विश्वासको मत लिने सहमति भएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए। उनले भने, ‘मन्त्रालय भागबन्डाको कुराकानी मिलिसक्यो। अब भोलि सानो आकारको भएपनि सरकार विस्तार हुन्छ। पर्सी मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिनुहुन्छ।'

सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने माटामोटी सहमति भएको स्रोतले जनाएको छ। त्यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिनेछ। 

यसअघि गठबन्धन दल माओवादी र एमालेले मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री कँडेल एक्लैले सरकार सञ्चालन गर्दै आएका थिए। ४० प्रदेशसभा सदस्यीय कर्णालीमा गठबन्धन दलसँग स्पष्ट बहुमत छ। कर्णालीमा सरकारले बहुमत प्राप्त गर्न २१ सांसदको समर्थन आवश्यक पर्छ। गठबन्धनसँग माओवादीका १३, सभामुख बाहेक एमालेका ९ र एकीकृत समाजवादीका एक गरी २३ जना सांसदको समर्थन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.