ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
सुन्नुहोस्

झापा : सशस्त्र प्रहरीले अन्दाजी ५ लाख मूल्य बराबरको लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज जिल्ला सिंहिमारी ग्राम पञ्चायत-८ निवासी ५५ वर्षीय अजुमुदिन आलम र सोही जिल्ला कदुभिट्टा ग्राम पञ्चायत-२ निवासी २६ वर्षीय मस्ताहक आलम रहेको सशस्त्र प्रहरी नेपाल २ नम्बर गण झापाका प्रवक्ता दिनेश कुटवालले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाको टोलीले बुधवार दिउँसो १:५० बजेको समयमा झापा गाउँपालिका १ सितुमारी कार्की चौकबाट भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूले सशस्त्रलाई देखेपछि बाटो नजिकै घाँसकारीमा लुकाउँदै गरेको अवस्थामा एक सय ग्राम ब्राउन सुगर फेला पारेको थियो। ब्राउन सुगरसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइसकेको जनाइएको छ। भारतमा प्रति ग्राम १५०० भारतीय रुपैयाँमा पाइने ब्राउन सुगर झापा जिल्ला ल्याएपछि ५ हजार नेपाली रुपैयाँ पर्न जान्छ। बरामद गरिएको एक सय ग्रामको नेपाली बजार मुल्य ५ लाख हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.