वालिङमा २० वर्षीय युवकको हत्या

वालिङमा २० वर्षीय युवकको हत्या
सांकेतिक तस्बिर
सुन्नुहोस्

स्याङ्जा : धारिलो हतियार (चक्कु) प्रहारबाट २० वर्षीय युवकको मृत्यु भएको छ। आइतबार गएराती आइतबार करिब १० बजे ३५ वर्षीय निमबहादुर घर्तीमगरले चक्कु प्रहार गरेपछि  घाइते भएका आयुष चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दाङ जिल्लामा घर भई हाल वालिङ नगरपालिका-१३ बायाँटारीस्थित एक घरमा डेरागरी बस्ने आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। प्रहार गर्ने घर्तिमगर र मृतक चौधरी दुबै जना दाङ जिल्ला राप्ती गाउँपालिका- ३ का  बासिन्दा रहेको बताइएको छ। 

चक्कु प्रहारबाट घाइते भएका आयुषलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्‍याइएको थियो। चालक घर्तिमगर प्रहरी नियन्त्रणमा छन्। दुबै जना एउटै ट्याक्टरका चालक र सहचालक भएको प्रहरी भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.