धनार्जनको मोहमा रित्तिन्छ खुसी
विकासशील मुलुकका नागरिकहरू धनार्जनलाई महŒव दिन्छन्। सामाजिक सुरक्षाको प्रत्याभूति नभएको देशमा व्यक्ति÷परिवारको आवश्यकता पूरा गर्न धन महत्त्वपूर्ण मानिन्छ। विकासशील मुलुकको नागरिक भएकै कारण हामी नेपालीले पनि धन अर्थात् पैसालाई महत्त्व दिँदै गइरहेका छौं।
मेरो एकजना आफन्तको लामो समय सरकारी सेवामा बित्यो। प्रशस्त पैसा कमाउनु भयो। छोराछोरीहरूलाई विदेशमा शिक्षादीक्षा दिनुका साथै स्वदेशमा व्यापार व्यवसायमा लगानी बढाउनु भयो। झर्लक्क खुसी नै खुसी थियो। तर केही समयअघि उहाँसँग भेट भयो। जीवनको उत्तरार्धमा पछुतो महसुस गरिरहेको सुनाउनु भयो।
सन्तानको खुसीकै लागि अनैतिक काम गर्दाको प्रतिफल ज्येष्ठ नागरिक भएर दिन बिताउँदा पाइरहेको दुःखेसो थियो। छोराछोरीले समेत बुवाको इमान्दारितामा गर्व गर्ने अवसर पाएको भए राम्रो हुनेथियो भन्ने आभास दिलाएका रहेछन्। खुसी पैसामा होइन इमान्दारिताको कमाइमा रहेछ भन्ने महसुस भयो।
आफूले खुसी खरिदको लागि पैसा जम्मा गर्ने क्रममा गरेका गलत कामले गर्दा बुढेसकालमा एक्लोपन महसुस भइरहेको थियो। अरूले आफूले गरेको गलत काम थाहा पाएकी भनेर सामाजिक समारोहमा जानसमेत गाह्रो हुने तथा आफूले गलत काम गरेर दुःख दिएका व्यक्तिहरूलाई सम्झेर एकदमै पीडा भइरहेको अनुभूति थियो।
माथि उल्लेखित सरकारी सेवामा अनुभव बटुलेका मेरा नातेदार एक प्रतिनिधिमूलक पात्र मात्र हुनुहुन्छ। तपाईं हामी पनि धनार्जनको मोहमा परेका त छैनौं ? पैसा कमाउने लोभमा हाम्रा मूल्य र मान्यताबाट विचलित भइरहेका छौं कि ? खुसी खरिद गर्ने साधनका रूपमा पैसालाई मानिरहेका त छैनौं ? अकुत सम्पत्ति कमाउने होडमा हामीले खुसी हुने मौका गुमाइरहेका त छैनौं ? यसतर्फ सोच्ने बेला भएन र ?
शक्तिको दुरुपयोग शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा रहेको छ। तर हामीले चारवटा औंला आफूतिर फर्केको नदेखेर आफ्नो कमजोरी लुकाउन अरूतिर चोर औंला उठाइरहेका मात्र छांै। एकैछिन विचार गरौं, त सरकारी विद्यालयमा पूरा समय नदिने शिक्षक वा कर्मचारी हुन् वा आफ्नो जिम्मेवारी पालन गर्ने क्रममा काम नगरेर घुस लिने सरकारी कर्मचारी होस् वा पुस्तक वा विद्यालय पोसाक निश्चित पसलबाट किन्नुपर्छ भनेर कमिसन लिने निजी विद्यालय हुन् वा बिरामीलाई कमिसनको लोभमा अनावश्यक परीक्षण गर्न वा औषधि दिने चिकित्सक होस् वा आफ्नो पक्षलाई फाइदा दिनको लागि नीतिहरूको दुरुपयोग गर्ने नेताहरू हुन् यी सबै शक्तिको दुरुपयोग हुन्। यहाँ माथि उल्लेख गरिएका सबै प्रकारका व्यक्तिहरूले पदको दुरुपयोग गरिरहेका छन् तर सबैले आफूबाहेक यो देशका सबै भ्रष्ट भनेर अरूलाई चोरऔंला ठड्याउन लागिरहेका छन्। अहिले धन आर्जनको ध्याउन्नमा अरू कुरा नदेख्नेहरूले बुढेसकालमा पक्कैप नि मेरो आफन्तको जस्तो नियति भोग्नुपर्ने हुनेछ।
हो, पैसालाई बढी महŒव दिने विकासशील समाजमा अधिकांश व्यक्ति पद र शक्तिको दौडमा हुन्छन्। पद र शक्तिको लालसाले गलत काम गर्न तल्लीन रहन्छन्। तर यस्ता गलत कामको परिणाम कुनै दिन अवश्य नै भोग्नुपर्ने हुन्छ। म कहिलेकाहीँ छोरीको विद्यालयको कार्यक्रममा सहभागी हुने क्रममा केही अभिभावकहरू सरकारी गाडी चढेर आउनुभएको हुन्छ।
निजी गाडी हुँदाहुँदै सरकारी गाडी प्रयोग गर्नुमा सायद उहाँलाई लागिरहेको होला शक्तिको प्रदर्शन गर्दा सबैले महान् मानिरहेका होलान्। तर उहाँले के कुरालाई कम आकलन गरिरहनु भएको हुन्छ भने सरकारी गाडी चढेर निजी काममा जाँदा एक त उहाँले गरिब र सीमान्तकृत समुदायको लागि प्रयोग हुने स्रोत र साधनको दुरुपयोग गरेर नकारात्मक ऊर्जा प्राप्त गरिरहनु भएको छ भने अर्कोतर्पm उहाँले सम्मान होइन गलत धारणा प्राप्त गरिरहनुभएको छ। जसले उहाँलाई पछिसम्म खुसी मिल्ने छैन।
हो, सामाजिक सुरक्षा नभएको मुलुकमा केही धनआर्जन गरेर सुरक्षित भविष्यको लागि गलत काम गर्न तयार भएको देखिन्छ। तर विचार गरौं त, हामीले एकअर्कालाई लडाएर आफू अगाडि पुग्नुको साटो सबैजना हातेमालो गरेर गन्तव्यमा पुग्दा कति रमाइलो हुन्थ्यो होला। सुन्दा काल्पनिक लाग्ने यी कुरा हामीले विभिन्न परिवेशमा प्रयोग गर्दै आइरहेका छौं।
पहाडलाई समस्या पर्दा तराई र हिमालले सहयोग गरिरहेका छौं भने तराईमा समस्या आउँदा हिमाल र पहाडले सहयोगी हातहरू फैलाइरहेका छौं। तर आज विभिन्न नाममा हामीले एकअर्कालाई घृणा गर्ने तथा समाजमा द्वैष फैलाइरहेका छौ। पुनः एकपटक विचार गरौं त यदि भोलि सबैलाई पछाडि पारेर आफूमात्र अगाडि बढ्दा कतै हामीले खुसी आदानप्रदान गर्ने व्यक्तिसमेत नपाउने अवस्था त बन्दैन ?
अहिलेका युवाहरूमा पैत्रिक सम्पत्तिमा भर पर्नेभन्दा आफैंले केही गरेर स्वतन्त्र हुन खोजिरहेका छन्। र यसैमा उनीहरू गर्व गरिरहेका छन्। तसर्थ दोस्रो पुस्तालाई खुसी दिनको लागि गलत गरेर धेरै पैसा जम्मा गर्नुभन्दा उनीहरूलाई स्वतन्त्र र गर्व गर्नलायक अभिभावक बन्न सकेमा सन्तान सफल र स्वतन्त्र जीवनयापन गर्न पाउनेछन्।
अन्यथा उनीहरू सधैंभरि भ्रष्टाचारीको सन्तानको रूपमा जीवनयापन गर्न बाध्य हुनेछन्। र तपार्इं हामीले गरेको अपराधको भागी भइरहने छन्। तसर्थ खुसी किन्ने नाममा गलत काम गर्ने होइन राम्रो काम गरेर थोरै पैसा भए पनि जीवनभर सुखी हुने उपाय अपनाउने कि ?
हो, गलत तरिकाले कमाएको पैसाले केही समयको लागि भौतिक वस्तुहरूको खरिद गर्न सकौला। तर खुसी प्राप्त गर्न सक्दैनौं। हामी नेपालीहरूको विशेषता भनेको अरूलाई सहयोग गर्ने, पारिवारिक एकता कायम गर्दै एकअर्कालाई सहयोग गरेर समस्याको समाधान गर्ने हो। तर स्वतन्त्रता र आधुनिकताको नाममा हामीले हाल यी मूल्य र मान्यताहरूमा निरन्तर प्रहार गर्दै असहिष्णु बन्दै गइरहेका छौं।
आज सबै गलत गर्ने मानिसहरूको एउटै तर्क हुने गर्दछ, हो देशको अवस्था खत्तम छ। कमसेकम आफ्नो भविष्यत सुरक्षित गर्नुप¥यो। तर हामीहरूले नबुझेको कुरा के हो भने अरूलाई गाली गरेर आफ्नो कमजोरी ढाक्ने प्रयास गर्दा अझ गम्भीर परिणामा भोग्नुपर्ने हुन्छ। तसर्थ अरूलाई गाली गर्न छोडेर समाजमा सकारात्मक परिवर्तन गर्ने दिशामा अगाडि बढौं।