मध्यपहाडी राजमार्गको निर्माण द्रूत गतिमा गरौं
राजनीतिक अस्थीरताले विकास निर्माणमा असर देखियो : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थीरताका कारण विकासको काम अघि बढ्न नसकेको दाबी गरेका छन्।
एमाले भौतिक पूर्वाधार तथा यातायात विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यशाला गोष्ठि उद्घाटन गर्दै ओलीले मुलुकका देखिएको पटक पटकको राजनीतिक अस्थीरताका कारण समग्र विकास निर्माणका काममा असर देखिएको बताएका हुन्।
उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । कनेक्टिभिटीका क्षेत्रमा ठूला ठूला सफलता हासिल गरेको भन्दै थप सफलता हासिल गर्नुपर्ने भन्दै उनले चार वटा मध्यपहाडी राजमार्गहरुको निर्माण कार्यलाई द्रूत गतिमा सम्पन्न गर्नुपर्ने धारणा राखे ।
ओलीले हरेक पालिकाका सदरमुकाममा पक्की बाटोले जोड्ने, स्वास्थ्यका साथै शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेपनि विभिन्न कारणले पूरा हुन नसकेको बताए।
उनले विकासका कुरा जनतालाई बुझाउँदै विकास निर्माणका कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । ओलीले पूर्वाधारहरुलाई उपयोग गरेर रोजगारीका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्ने धारणा राखे ।