प्री ओपन सेसनमा २.३२ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं : सेयर कारोबारको दोस्रो दिन सोमबार प्री ओपन सेसनमा नेप्से परिसूचक २.३२ अंकले बढेर २१११.६७ विन्दुमा पुगेको छ। यो समयमा ५० स्क्रिप्सको २ हजार ४१५ कित्ता सेयर १४ लाख ९५ हजार ८५३.५० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भए।
कारोबारमा आएका स्टकमध्ये ३१ वटाको मूल्य बढ्यो भने १७ वटाको घट्यो । बाँकी २ वटाको मूल्य यो समयमा स्थिर रह्यो।