जनताले सहकारीमा राखेको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक बन्यो : डा. कोइराला

जनताले सहकारीमा राखेको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक बन्यो : डा. कोइराला
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले सहकारीमा राखेको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक बनेर बसेको आरोप लगाएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता डा. कोइरालाले छिटोभन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेकाहुन् ।   

उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद र सडकबाट उठाएको बताए ।  ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’– उनले भने ।  

उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे । ‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’– डा कोइरालाले भने  ।  

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको टिप्पणी गरे ।  नेता डा. कोइरालाले संविधानमा भएको कमी कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.